चितवन, बैशाख १२ । चितवन–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा अहिलेसम्मकै सवैभन्दा धेरै मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार लामिछानेले ५४ हजार १ सय ७५ मतसहित पुनः जीत निकाल्नु भएको हो ।
उहाँसँग प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत पाउनु भएको छ । उहाँहरूबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ । यस्तै तेस्रोमा रहनुभएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाउनु भएको छ । यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित हुनुभएको थियो । त्यतिबेला उहाँले ४९ हजार ३०० मत पाउनु भएको थियो ।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा लामिछानेको सांसद पद गुमेको थियो। उहाँको सांसद पद गुमेका कारण चितवन–२ मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा लामिछानेले ठूलो मनान्तरमा जीत निकाल्नु भएको हो ।













प्रतिक्रिया दिनुहोस्