जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १३:११

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त


काठमाडौं, बैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गर्नुभएको हो ।  श्रेष्ठलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।

रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले श्रेष्ठको सांसद पद रिक्त हुने निर्णय गर्नुभएको हो । उहाँको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिनुभयो ।