जनता टाइम्स

१३ बैशाख २०८०, बुधबार १०:१७

झापादेखि तेह्रथुमसम्मको यात्रामा एमाले अध्यक्ष ओली, यस्तो छ चार दिने बिशेष अभियान


काठमाडौं, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरुका लागि आज गृहजिल्ला झापा जान लाग्नुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौंबाट भद्रपुरका जाने कार्यक्रम छ । झापा ओर्ले लगत्तैबुद्धशान्ति गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अधयक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिनुभयो । अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षे कन्याममा बस्ने तय भएको छ । भोली इलाममा आयोजना हुने जिल्ला परिषद भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भोली उहाँ पाँचथरको फिदिममा बास बस्नुहुनेछ ।

बैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुहुनेछ । आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरुसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ । तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नुहुनेछ । १६ गते विबहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा बस्नुहुनेछ ।

दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

बैठक स्थलको निर्क्यौल, नेताहरुको बासस्थानको व्यवस्था, बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरु नेताहरुलाई अवलोकन गराउने ठाउँहरु टुंगो लगाइने थापाले जानकारी दिनुभयो । अध्यक्ष ओली १७ गते काठमाडौं फर्कनु हुने कार्यक्रम छ ।