जनता टाइम्स

१३ बैशाख २०८०, बुधबार १८:२४

नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, वैशाख १३ । नेपाल प्रहरीका १३ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो ।

जसअनुसार तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरालाई सूदुरपश्चिम प्रदेशमा पदस्थापन गरिएको हो । यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, त्रिबि अन्तराष्ट्रिय विमानस्थलमा अर्जुन चन्द ठकुरी र प्रहरी महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाउनु भएको छ ।

यस्तै केदार ढकालले प्रहरी प्रधान कार्यालय प्रबनध निर्देशनालय, बिष्णु केसी प्रप्रका अअपराध अन्वेशन निर्देशनालय, रबिन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, चन्द्र कुवेर खापु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन हुनुभएको छ ।

यस्तै लालमणि आचायै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्र मैनाली प्रप्रका अपराध अनुसन्धान निर्देशनालय र बिकाशराज खनाल प्रप्रका कार्यबिभागमा पदस्थापन हुनुभएको छ ।