बारा, बैशाख २२ । बाराको महागढीमाई नगरपालिकाका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन।
सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री दाहालका पुत्दा दहन गरेका थिए । स्थानीयले प्रधानमन्त्रीको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नजिकै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए ।
प्रधानमन्त्रीको पुतला दहनसँगै महागढीमाईका स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिृकत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको काम समेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।













प्रतिक्रिया दिनुहोस्