जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार १६:२३

प्रचण्ड सरकार धेरै समय टिक्दैन : सशांक कोइराला


चितवन, बैशाख २२ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धेरै समय नटिक्ने बताउनु भएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताउनु भएको हो ।

सरकारले जनताको चाहनाअनुसार काम नगरेको कारण अव धेै नटिक्ने उहाँको भनाई छ । उहाँले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको पनि बताउनु भयो । उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने धारणा राख्नुभयो ।

‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ उहाँले भन्नुभयो । उहाँले पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको पनि बताउनु भयो ।

उहाँले थप्नुभयो, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको भनाई थियो । उहाँले मन्त्रिमण्डल विस्तारमा पार्टीभित्रको असन्तुष्टि देखिएको पनि बताउनुभयो ।