जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार ०८:४४

नेपाल प्रहरीका १८ एसपी एसएसपीमा बढुवा (सूचीसहित)


काठमाडौं, बैशाख २५ । गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्नुभएको हो ।

एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा सानुराम भट्टराई हुनुहुन्छ। यसैगरी चिकित्सक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गरिएको छ। जसमध्ये पहिलो नम्बरमा डा. संज्ञा मल्ल, दोस्रोमा डा. दिवा शर्मा र तेस्रोमा डा. आषिश दल हुनुहुन्छ ।