बुटवल, जेठ ३ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले आफू चढने गाडी दुर्घटना गराउनु भएको छ । सभामुख घर्तीले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको हो ।
सभामुख निवासस्थित एक कर्मचारीले दिएको जानकारी अनुसार सभामुख आफैंले सिक्ने क्रममा गाडी दुर्घटनामा परेको हो । बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो । गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ ।
सभामुख निवास परिसरमै पाँच दिन पहिले भएको उक्त घटना सभामुखको सचिवालय र प्रहरीले समेत गुपचुप राखेको थियो। सभामुख घर्तीले गाडी सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा ठोक्किएको थियो । दुर्घटनाबाट गाडीको बाहिरी भागमा ठूलो क्षति नदेखिएको भए पनि भित्र ठूलो क्षति भएको छ ।
दुर्घटनामा परेपछि उक्त जिपलाई सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो । अहिले उक्त जिपलाई त्यहाँबाट पनि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको छ ।













प्रतिक्रिया दिनुहोस्