काठमाडौं, जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल गर्नुभएको हो ।
आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन। यसअघि संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश गर्न नीति तथा कार्यक्रमबारे मङ्गलवार पनि छलफल भएको थियो।
सांसदहरुले आजको बैठकमा प्रधानमन्त्रीसँग नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनदेखि सरकारले यस अवधीमा के काम गर्यो भन्ने प्रश्न गर्ने तयारी गरेका छन ।













प्रतिक्रिया दिनुहोस्