जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १३:३९

अग्नि सापकोटासहित २० जना माओवादी नेता चीन प्रस्थान


काठमाडौं, ५ जेठ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जना नेता चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरु शुक्रबार चीन प्रस्थान गर्नुभएको हो ।

सापकोटा नेतृत्वको २० सदस्यीय माओवादी नेताहरु सम्मिलित टोलीले चीनमा रहँदा विभिन्न कार्यक्रम र छलफलमा सहभागी हुनेछ । सो टोलीले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्नेछ छ । उक्त टोली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।