जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार १४:५०

संसद भवनमा एमाले संसदीय दलको बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


काठमाडौं, ६ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुन लागेको छ । सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा पार्टीको धारणा बनाउन लागि संसदीय दलको बैठक बोलाएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा सुरु हुन लागेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। सो नीति तथा कार्यक्रममाथी भोली देखी संसदमा छलफल हुदैँछ ।