काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शराणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका लामिछानेले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गर्नुभएको छ ।
यसर्थ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्