जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार ११:३३

डुब्ने अवस्थामा पुग्यो सूर्यबिनायकको पारिजात सहकारी : बचतकर्ताको पैसामा पदाधिकारीको मनपरी


भक्तपुर, जेठ १५ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा रहेको पारिजात बचत तथा श्रणा सहकारी संस्था लिमिटेडले लुटतन्त्र मच्चाएको पाइएको छ । हजारौं बचतकर्ताहरुले एक लाखदेखि करोड रुपैंयासम्म मुद्धती खातामा बचत गरेको पारिजात सहकारी आफ्नै बदमासीका कारण डुब्ने अवस्थामा पुगेको छ ।

पारिजात सहकारीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सहकारी बिभागमा समेत लिखित उजुरी परेको छ । उजुरीमा जनाइए अनुसार यो सहकारीले लामो समयदेखि बचतकर्ताहरुको पैसा फिर्ता गर्न सकिरहेको छैन जसका कारण बचतकर्ताहरु पिरोलिएका छन । पारिजातले साँवा त परकै कुरा भयो पाँच महिनादेखि ब्याज दिन सकेको छैन । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर पारिजात सहकारी धाइरहेका छन । तर उनीहरु सँधै रित्तो हात फर्किन बाध्य भएका छन ।

एक बचतकर्ताका अनुसार पारिजात सहकारीका सञ्चालक काफले केही समय कुर्न आग्रह गरेका थियो । बतचकर्ताका अनुसार पारिजात सहकारीको रकम सबै घर जग्गामा लगानी भएको र हाल किनबेच नभएर यो स्थितमा पुगेको उनले जनताटाइम्सलाई बताए ।

उनका अनुसार आफैंले बचत गरेको पैसा पाउन पनि ग्राहो छ । कति समय कुर्ने हो र ? प्रश्न उठाए? मनमानी ढङले लगानी गर्दा यस्तो भएको बचतकर्ताको आरोप छ । अब कहिले पाइन्छ भन्ने त थाहा छैन । तर, सञ्चालकहरु हुने खाने भएको हुनाले डर पनि छैन ।

२०६५ सालमा दर्ता भएको यस पारिजात सहकारीमा संस्थामा बचत गर्ने अधिकंश ठूला व्यापारीहरु छन । ०५१ सालमा पारिजात सहकारीका अध्यक्ष धुव्र रायामाझीले अधिवक्ता को लाईसन्स लिनुभएको हो । उहाँले अधिवक्ताको लाईसन्स लिने बित्तिकै भक्तपुर मालपोत कार्यालय बाहिर लेखनदासको कार्यालय खोल्नुभएको थियो ।

त्यसपछि रायामाझीले भक्तपरमा भएका सरकारी जग्गा, गुठि, मठ मन्दिर, ताल पोखरीको जग्गा आफनो वा साथीभाईको नाममा सेटिङमा ल्याउने काम गरेको स्थानीयहरुको आरोप छ । रायामाझीले भक्तपुरमा लेखनदासको कार्यालय खोलेपछि करोडपति बन्नुभएको छ । उहाँले अधिवक्तको काम भन्दा पनि सरकारी जग्गा खोज्ने काममा बढी तिव्रता दिएको सहकर्मी नै आरोप लगाउँछन ।

पारिजात सहकारीका पूर्व सदस्यका अनुसार रायमाझीको सम्पत्ति अबौं पुगेको छ । ती सहकर्मीका अनुसार अधिवक्ता नहुनु भन्दा अगाडि रायमाझी एउटा कोठामा बस्नुहुन्थ्यो । अहिले उहाँ सँग कत्ति सम्पति छ हिसाब किताब गर्न नै सकिदैन । उहाँ अहिले पनि पारिजात सहकारीको कानूनी सल्लहकार हुनुहुन्छ ।

पारिजात सहकारीका पूर्वअध्यक्ष धुव्र रायमाझी लतितपुरको झम्मसीखेल अपार्टमेन्टमा बस्नुहुन्छ । हाल उहाँ नै पारिजात सहकारीको कानूनी सल्लाहकार हुनुहुन्छ । धुव्र रायामाझी अध्यक्षबाट हटेपछि अध्यक्षको जिम्मेवारीमा टंकप्रसाद काफ्ले हुनुहुन्छ । उहाँको पनि काम धुव्र रायमाझीको भन्दा कम छैन ।

उहाँ पनि सरकारी जग्गा, गुठि, मठ मन्दिर, ताल पोखरीको जग्गा आफनो वा साथीभाईको नाममा सेटिङमा ल्याउने र कमाउने काममै लागेको आरोप छ । काफ्लेको सल्लाहघारीमा पाँच तल्ले भवन छ । धेरै ठाँउमा जग्गा छ । यी दुई नाईके भएपनि यिनिहरुको समूह ठूलो छ । सहकारी खोलेर यी दुई जनाले गैरकानूनी धन्दा चलाउँदै आईरहेको आरोप लागेको छ ।

पारिजात सहकारीले ५० लाखको जग्गाको कर्जा १५ लाख दिने र यी दुईले कर्जा दिए बापत एक लाख घुस पनि खाने काम गर्दै आईरहेको पीडितको आरोप छ । बीस देखि पच्चीस प्रतिशत ब्याज लिने, कर्जा लिने मान्छेलाई सिधै खाल्डोमा हाल्ने काम पारिजात सहकारी संस्था लिमिटेडले गरेको उनीहरु बताउँछन ।

तीन किस्ता नतिर्ने बित्तिकै घर जग्गा पनि खाईदिन्छ । बिना राष्ट्रिय दैनिकको पत्र पत्रिकामा सूचना ननिकालिकन । त्यहिँ जग्गा पछि कराडौं रुपैंँयामा बेच्छन। र, सिधासाधा मानिसहरुलाई रोडमा ल्याउने काम गर्छ । पारिजात सहकारीको सबै लगानी खेतीयोग्य जमिनमा छ ।

खेतीयोग्य जमिन टुक्रा पार्ने अनि बेच्ने पारिजात सहकारीका अध्यक्षहरुको प्रमुख काम रहेको छ । सहकारीको जिम्मेवारि पदमा बसेर जग्गा दलालीको काम गर्न मिल्छ र ?

के भन्छ सहकारी विभाग ?

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यय भन्नुहुन्छ, यसरी सहकारीले बचतकर्ताको पैसा घर जग्गामा लगानी गर्न पाउँदैन । आफनो पैसा भए लगानी गर्न पाउँछन । तर, बचतकर्ताको पैसा लगानी गर्दा डुब्ने खण्डमा कसले तिर्छ ।

अहिले धेरै सहकारी घर जग्गामा लगानी गरेर डुबने अवस्था छ । सहकारीले कहाँ कहाँ लगानी गर्न पाउँछ भनेर हामीले सहकारी ऐन कानून नै बनाएको छौं । यस विषयमा हामी यस सहकारीका सञ्चालक सँग बुझछौं । र, डुबने अवस्था भए बचतकर्ताहरुले समयमा नै उजुरी दिन पनि उपिल गर्छु ।

उहाँले थप्नुभयो, १६ प्रतिशतभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुने बताउनु भयो । उहाँले सहकारीले आफ्नो उद्देश्यभन्दा बाहिर लगानी गरेको पाइएमा सहकारी विभागले पत्रचार गरेर कारबाही अगाडि बढाउने बताउनु भयो ।

पारिजात सहकारीका एक पिडतका अनुसार आफैंले चिनेको व्यक्तिको जमानी बस्दा अहिले सम्म पनि आफनो रकम फिर्ता पाएको छैन । जसमा मलाई घर व्यवहार पनि चलाउन ग्राहो भएको छ । सहकारी धाउँदा पनि एक रुपैंँया पनि नदिएको र उल्टै कर्मचारीले नराम्रो व्यवहार गरेको दुखेसो पोखेका छन ।

उहाँका अनुसार आफनो पैसा लिन पनि किन यत्रो महाभारत गर्दैछ यस पारिजात सहकारीले । उहाँले जनताटाइम्ससँग भने, पैसा नदिएको खण्डमा म कानूनी प्रक्रियामा जाने । र, सहकारीलाई हेर्ने सम्पूर्ण निकायलाई उजुरी दिन भनें ।

के भन्छ सहकारी महासंघ ?

सहकारी महासंघको महाप्रबन्धक सुब्बाले यसरी बचतकर्ताहरुको रकम घर जग्गामा लगानी गर्न नपाउने भन्दै आपत्ति जनाउनु भयो । बचतकर्ताहरुको रकम घर जग्गामा लगानी गर्नु गैरकानूनी भएको उहाँको बुझाई छ । उहाँले त्यस्ता सहकारीमाथि नियामक निकायले तत्काल कारबाही अगाडि बढाउनुपर्ने बताउनु भयो ।

सञ्चालकहरुको नियत खराब हुँदा सहकारीमाथिको विश्वासनीयता घट्दै गएको उहाँको भनाइ छ । सहकारीलाई एउटा निश्चित दायरामा राख्न नसक्दा समग्र क्षेत्र नै बदनाम भएको उहाँको बुझाइ छ । सहकारीलाई नियामक निकायले ठिक ठाँउमा राख्न नसकेकोप्रति उहाँले दुःखेसो गर्नुभयो ।