कञ्चनपुर, २७ जेठ । कञ्चनपुरका एक युवक नहरमा मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट आज मृत फेला पर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उहाँ खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किनुभएको थियो । लामो समयसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उहाँ पानीमा डुबेको अवस्थामा मृत भेटिनुभएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्