काठमाडौं, जेठ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भट्टराई विरुद्ध आइतबार सर्वाेच्चमा युद्ध अपराधसम्बन्धी रिट दायर भएकाे हाे । माओवादी जनयुद्धकालमा ०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका लेनिन विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुराम विरुद्ध रिट दायर गर्नुभएकाे हाे ।
निवेदनमा उत्प्रेषण, प्रतिषेध र परमादेश लगायत उपयुक्त आज्ञा आदेशको माग गरिएको छ । यसअघि सर्वोच्च प्रशासनले जेठ १६ गते विष्टकाे रिट दरपीठ गरिदिएको थियो ।
रिट निवेदन दरपीठ भएपछि विष्टले पुनः दर्ताको माग गर्दै जेठ १८ गते निवेदन दिनुभएकाे थियाे । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले जेठ २६ गते रिट दर्ता गर्न आदेश दिएको थियाे ।













प्रतिक्रिया दिनुहोस्