जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार १२:१५

बेलायतमा ७५५ बर्ष पछि पहिलो प्रधानन्यायधिस नियुक्ती हुदैँ


लन्डन, ३० जेठ । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् । मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला हुनुहुन्छ ।

जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हो भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हो । दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नुहुनेछ । आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ ।

प्रधानन्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो । अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन् । अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उहाँका जुम्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन् । बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।