जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार १४:०४

विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने गठबन्धनको सहमति


काठमाडौं, ३० जेठ । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बजेटसहित पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको हो ।

गठबन्धनका सबै नेताहरुबीच देखिएको खटपटिको समाधान गर्ने बैठकले निष्कर्ष निकालेको बताइएको छ ।

आगामि आर्थिक वर्षको बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ । श्रेष्ठले भन्नुभयो, ‘बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर अगाडि बढ्ने कुरा भएको छ । आ–आफ्नो पक्षबाट उहाँहरूले कुरा राख्नुभयो ।’ यता नेकपा एसले सरकारले बजेट संशोधन नगरे यो गठबन्धनमा नबस्ने चेतावनी दिएको छ ।