काठमाडौं, जेठ ३२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेलाई कठोर सार्वजनिक रुपमै चेतावनी दिनुभएको छ ।
आफूबिरुद्ध संसदमा जथाभावी आरोप लगाएको भन्दै मन्त्री किरातीले आलेलाई ‘आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’ भन्दै कडा चेतावनी दिनुभएको हो ।
उहाँले बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै आलेलाई चेतावनी दिनुभएको छ । पूर्वपर्यटनमन्त्री आलेले सदनमा किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाउनु भएको थियो । आलेको यो आरोपलगत्तै सामाजिक सञ्जालमा मन्त्री किरातीले चेतावनीसहित जवाफ फर्काउनु भएको छ ।
‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू,’ आलेलाई चेतावनी दिँदै मन्त्री किरातीले फेसबुकमा लेख्नुभएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल डिपलभमा परेर बिलयसम्मको अभियान चलाइरहेको बेला उहाँहरुकै दुई प्रिय पात्र भने युद्धमा उत्रिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्