जनता टाइम्स

२ असार २०८०, शनिबार १३:४०

ज्ञानेन्द्र शाहलाई मैले कहिल्यै पूर्वराजा भनेको छैन : शेखर कोइराला


काठमाडौं, असार २ । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पूर्वराजा नभनेको प्रष्ट पार्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले यस्तो जानकारी दिनुभएको हो ।

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो, ‘म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिन नि । मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको ‘गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र’ जस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौं । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन–ती हुन ‘राजा’ ।’ कोइरालाको भनाई उधृत गर्दै मिश्रले लेख्नुभएको छ ।

मिश्रले थप्नुभएको छ, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो ।’

आफनो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले कोइरालाको धारणा बाहिर ल्याउनु भएको हो । ’विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला ?’ त्यसपछि मिश्रले लेख्नुभएको छ ।