धनगढी, ४ जेठ । धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर–१ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गदैछ ।













प्रतिक्रिया दिनुहोस्