काठमाडौं, असार ७ । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । नेकपा एमालेको घोषणापत्र सार्वजनिक समारोहमा सहभागी भएर एमालेको कामकोउच्च प्रसंशा गर्नुभएका शाह आज रास्वपामा प्रवेश गर्नुभएको हो। ।
उहाँलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिनुभयो ।
रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्