काठमाडौं, असार ७ । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले यथास्थितिमा बजेट पारित गर्न नसकिने बताउनु भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले आज पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताउनु भएको हो । ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न,’ अध्यक्ष यादवले भन्नुभयो, बजेट न्यायोचित छैन ।
यादवले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको पनि बताउनु भयो । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो । ‘बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन ।’













प्रतिक्रिया दिनुहोस्