काठमाडौं, असार ७ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले बजेट आपत्तिजनक रहेकोले यथास्थितिमा पारित हुन नदिने निर्णय गरेको हो ।
बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जानकारी गराउने निर्णय पनि गरेको छ । बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।
नेकपा एसका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आइरहनु भएको छ । प्रधानमन्त्री दाहालले बजेटमा त्रुती स्वीकार गर्दै मतदान गर्न अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे पनि उपाध्यक्ष पाण्डे बिपक्षमा उभिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्