काठमाडौं, १० असार । सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गर्नुभएको हो ।
आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँद पत्रिका नपढ्न रुलिङ गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्