काठमाडौं, असार १५ । पूर्वपश्चिम राजमार्गसहित मुलुकका बिभिन्न भागमा बाढी पहिरोले सडक अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको सूचना अनुसार आज कोशी प्रदेशका ३ वटा सडक खण्ड, बागमतिका ३ वटा सडक खण्ड अवरुद्ध रहेको छ । यस्तै गण्डकीमा १, लुम्बिनीमा २ र सुदुरशपश्चिम प्रदेशमा ३ वटा सडक खण्ड अवरुद्ध भएको छ ।
प्रहरीले अवरुद्ध सडकको यात्रा नगर्न पनि आग्रह गरेको छ । प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा कृपया लामो यात्रामा निस्क्नु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय अथवा प्रहरी कन्ट्रोल १०० र केन्द्रीय प्रहरी परिचालन कक्षका निम्न नम्बरहरूमार्फत जानकारी लिनहुन अनुरोध गर्दछौ ।’
यी स्थानमा अवरुद्ध छ सडक
कोशी प्रदेशः
पाँचथरः फिदिम न.पा.४, तमोर करिडोर सडक खण्ड
पाँचथरः फिदिम न.पा.४ र हिलिहाङ गा.पा.७, मेची राजमार्ग सडक खण्ड
संखुवासभाः धर्मदेवि न.पा.–८, ठूलो अकरको भिर, लेगुवा खाँदबारी सडक खण्ड
बागमती प्रदेशः
चितवनः ईच्छाकामना गा.पा.–५, तिन नं. पुल, नारायणगढ मुग्लिङ सडक खण्ड
दोलखाः गौरीशंकर गा.पा.–८, मन्थली, चरिकोट लामाबगर सडक खण्ड
ललितपुरः पहिरोः ललितपुर म.न.पा.–३, भालुखोला र पाङ्दुर डोल, कान्तिलोक पथमा एक तर्फि खुलेको
गण्डकी प्रदेशः
पर्वतः जलजला गा.पा.–७, केराबारी, बेनी–मालढुङ्गा सडक खण्ड
लुम्बिनी प्रदेशः
पाल्पाः तानसेन न.पा.५, तिनलाँकुरी, पाल्पा–गुल्मी पक्कि सडक खण्ड
अर्घाखाँची– सितगंगा न.पा.२, भुवनपाटा, गोरूसिङ्गे सन्धिखर्क सडक खण्ड
सुदूर पश्चिम प्रदेशः
अछामः बान्निगढीजयगढ गा.पा. ४, कचरेटी खोला, मंगलसेन–साँफे सडक खण्ड
दार्चुलाः शैल्यशिखर न.पा.–६, पनेबाँज र मालिकार्जुन गा.पा.४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाईवे सडक खण्ड
बैतडीः सुर्नया गा.पा.वडा.न.८ आलुगैरा, जय पृथ्वी राजमार्गमा खोडपे बझाङ सडक खण्ड














प्रतिक्रिया दिनुहोस्