काठमाडौं, असार १८। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई अपमान गर्ने कामसहित आफूबाट ठूलो गल्ती भएको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको बताउनु भएको हो । गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताउनु भयो । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले कायोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरुबीचको एकताले कांग्रेस तरंगित हुनुनपर्ने र कांग्रेससँग सम्बन्धमा पनि कुनै दरार नआउने बताउनु भयो ।
कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उहाँले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताउनु भयो । काकंग्रेसँग मिलेर नै गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजाने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्