काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताउनु भएको छ ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको प्रष्ट पार्नुभएको हो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रहेको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्