जनता टाइम्स

२१ असार २०८०, बिहीबार ११:१६

कारागारभित्र कैदी मृत फेला


बाँके, २१ असार । बाँकेको नेपालगञ्जस्थित कारगारभित्र कैदी मृत फेला परेका छन् । कारागारभित्रको शौचालयमा कैदीबन्दी जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

तीन वर्षदेखि कैद भुक्तान गर्दै आइरहेका गुप्ता आज बिहान मृत फेला परेका हुन् । घटनाबारे मृतकको परिवारलाई खबर गरिएको र गुप्ताको मृत्युबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।