काठमाडौं, असार २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारको तागत नै झुट बोल्नु भएको बताउनु भएको छ । एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको तथ्यसमेत राख्नुभएको छ ।
‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको यही देखिन्छ ।’ पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै अध्यक्ष ओलीले अफवाह फैलाउने काम मात्रै भएको बताउनु भयो ।
सम्बोधनको क्रममा ओलीले एमालेलाई सरकारमा जान कुनै हतारो नभएको बताउनु भयो । उहाँले अहिले एमालले सरकार तिर हेर्दा पनि नहेरेको बताउनुभयो । यता र उता टेको लगाएर एमाले सरकामा जाने पक्षमा नरहेको प्रष्ट पार्नुभयो । परिणाम ननिस्कने खेलमा एमाले नरहेको उहाँले बताउनुभयो । एमाले गन्तव्य भएको पार्टी भएकोले जथाभाबी नदौडने उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेको गठबन्धन सामन्तीको पक्षमा रहेकोले नियतवश मिटरब्याजी विरुद्धको ऐन ल्याउन नचाहेको उहाँले बताउनुभयो । आफू ऐन ल्याउन नचाहने तर दोष प्रतिपक्षलाई लगाउने प्रयत्न गठबन्धनले गरेको ओलीले बताउनुभयो । विधि प्रक्रियाबाट ऐन ल्याऊ भन्दा म सबैलाई तह लगाउँछु भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइतीघरमा पुगेका भन्दै ओलीले आलोचना गर्नुभयो ।
‘हामीलाई सकारमा जान हतारो नभएको मात्र होइन, अहिले सरकार तिर हेरको पनि छैनौं, त्यतातिर सोचेका पनि छैनौं, हामी ग्रास रुटमा लाग्यौं, अब मिसन ८४, मिसन फिप्टीवान (५१ प्रतिशत) यतातिर लागेका छौँ’, ओलीले भन्नुभयो । अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने मात्र भएको उहाँले बताउनुभयो । ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो, गठबन्धनका मान्छेहरूको त्यही देखिन्छ । त्यसैले उनीहरू यो गठबन्धन कायम राख्न चाहन्छन, अहिले उनीहरू उस्तै उस्ताहरू मिलेका छन’, उहाँले भन्नुभयो ।

एमालेका आन्तरिक, बाह्य, कूटनीति, अर्थनीति लगायतका सबै नीति स्पष्ट भएको ओलीले बताउनुभयो । एमाले तीनै नीति कार्यान्वयनको प्रयासमा रहेको उहाँले बताउनुभयो । एमालेको विरुद्ध विभिन्न प्रकारका भ्रम छर्ने र जनताबाट अलग्याउने अनेक खालको षडयन्त्र भएको ओलीले बताउनुभयो । विरोधीहरूको तागत नै जाल, झेल र तिकडममा भएको ओलीको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्