जनता टाइम्स

२६ असार २०८०, मंगलवार १७:४१

काठमाडौंका सिडिओ र रेडक्रसका कार्यकारी निर्देशकले बुझ्न मानेनन अदालतको म्याद, वडाध्यक्षको रोहवरमा गरियो तामेली


काठमाडौं, असार २६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जीतेन्द्र बस्नेत र नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले अदालतको म्याद बुझ्न अस्वीकार गरेका छन ।

उच्च अदालत पाटनले नेपाल रेडक्रसको बिशेष महाधिवेशन तथा निर्वाचन रोक्न अल्कालिन आदेश दिएर असार २९ गतेका लागि बोलाएको म्याद बुझन प्रजिअ बस्नेत र कार्यकारी निर्देशक ढकालले अस्वीकार गर्नुभएको हो ।

उच्च अदालतका कर्मचार आज रेडक्रस केन्द्रीय कार्यालय ताहचल पुगेर म्याद बुझाउन खोज्दा रेडक्रस पदाधिकारीले नमानेपछि सोही क्षेत्रका वडाध्यक्षको रोहबरमा केन्द्रीय कार्यालयमा म्याद तामेली गरिएको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि अदालतको म्याद बुझ्न अस्वीकार गर्नुभएको छ । बस्नेतले मातहतका कर्मचारीलाई अदालतबाट म्याद आए नबुझ्न निर्देशन दिनभएका एक अधिकारीले जनाए ।