काठमाडौं, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्न कम्बोडिया जानुहुने भएको छ । आगामी साउन २ गते देखि ८ गतेसम्म हुने भ्रमणमा अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित ६ जनाको भ्रमण दलमा रहनेहुनुभएको छ ।
कम्बोडियामा जुलाइ २३ (साउन ७ गते) आम निर्वाचन हुँदैछ ।
शनिबार पार्टी सचिवालय बैठकले अध्यक्ष ओलीको भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष ओलीसँग उपमहासचिव विष्णु रिमाल, अध्यक्षका स्वकीय सचिव राजेश बज्राचार्य पनि कम्बोडिया जानुहुनेभएको छ ।













प्रतिक्रिया दिनुहोस्