जनता टाइम्स

२ श्रावण २०८०, मंगलवार १७:२४

कांग्रेसले भन्यो : रास्वपा र राप्रपा आक्रामक, अधैर्य र अपरिपक्व शक्ति


काठमाडौं, साउन २ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय स्व्तन्त्र पार्टी र राप्रपालाई आक्रामक, अधैर्य र अपरिपक्व शक्तिको संज्ञा दिएको छ ।

आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा संसदीय काम कारबाहीको रिपोर्ट पेश गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले यस्तो चित्रण गर्नुभएको हो ।

बैठकमा लेखकले संसदको काम कारबाही सहज रुपमा अघि बढाउन प्रतिपक्षी दलहरुका कारण चुनौती रहेको निष्कर्ष पनि सुनाउनु भएको छ । लेखकका अनुसार एमालेलाई आक्रामक, अधैर्य तर परिपक्व प्रमुख प्रतिपक्षको संज्ञा दिनुभयो ।

‘प्रतिपक्ष आक्रामक छ । राजनीतिक रुपले पनि एउटा गठबन्धन परिवर्तन भएर अर्को गठबन्धनमा गयौं, यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । यसकारण ऊ अधैर्य पनि छ तर परिपक्व छ । अरु प्रतिपक्ष आक्रामक र अधैर्य छन्, यदाकदा अपरिपक्व व्यवहार पनि देखाइरहेका छन,’ लेखकको भनार्ए थियो ।