जनता टाइम्स

४ श्रावण २०८०, बिहीबार १६:५४

‘साइबर क्राइम’ पुष्टि गर्न गृहमन्त्री श्रेष्ठलाई प्रेस चौतारी अध्यक्ष बस्नेतको खुल्ला चुनौती (बिज्ञप्तीसहित)


काठमाडौं, साउन ४ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराध प्रमाणित गरेर थुन्न सार्वजनिक चुनौती दिनुभएको छ ।

गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै परिमाणमा सुन तस्करी गर्न संभव नहुने सूचना आफूलाइृ आएको बिषयमा राखेको अभिब्यक्तिलाई लिएर गृहमन्त्री श्रेष्ठले सचिवालयकै सदस्यलाई प्रहरीमा उजुरी दिन लगाएको भन्दै बस्नेतले यस्तो चुनौती दिनुभएको हो ।

बस्नेतले भ्रामक प्रचार गरेको भन्दै गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले साइबर ब्युरोमा उजुरी दिएलगत्तै बस्नेतले वक्तव्य जारी गर्दै गृहमन्त्रीले दिनभर आफूविरुद्ध पक्राउको समाचार लेखाएर प्रहरीलाई साइबर क्राइम लगाउन आदेश दिएको तथ्य खोल्नुभएको हो ।

‘भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाईले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भने साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ । उहाको बोली धम्कीकै थियो । धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनु भएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो,’ बस्नेतले चुनौती दिँदै भन्नुभएको छ, ‘गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरें भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सवैको मुख बन्द गराएर आफूले गरेको सवै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो । मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू रु बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?

बस्नेतले आफ्नो फेसबुक स्टाटसका आधारमा साइबर क्राइम पुष्टि गर्न चुनौती पनि दिनुभएको छ ।

यस्तो छ बस्नेतको चुनौती

गृहमन्त्रीलाई खुला चुनौती

काक्रो आफूले खाएर बिँया अरुको निधारमा टाँस्ने काममा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माहिर हुनुहुन्छ । उहाँबाट यही अपेक्षा थियो, भयो । मलाई थाह छ, कमरेड नारायणकाजी श्रेष्ठको बिशेष रुची भन्सारतिर कर्मचारी सरुवामा हुन्छ । कतिपय घटनाका साँक्षी म आफै छु । एकपटक उहाँले अर्थमन्त्रीलाई फोन गरेर त्रिभुवन बिमानस्थल भन्सार कार्यालयदेखि चार वटा भन्सारका प्रमुख सरुवा गर्न नाम टिपाउँदा म प्रत्यक्षदर्सी थिएँ । प्रहरीको सरुवा र बढुवामा पनि कमरेडको राम्रै रुची रहेको कुरा कुनै बेला प्रमाणसहित ल्याउँला । आफू राम्रो बाँकी सवै नराम्रा भन्ने बिचारका प्रणेता गृहमन्त्री कमरेड नारायणकाजी श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गरेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत अर्थात मलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु भएछ ।

दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरु अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिएभन्दै हटाइरहेका छन । सुनकोशी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने ब्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन भन्ने कुरा प्रमाणित भइसकेको छ । भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्यूरोमा उजुरी दिएर आँए भन्दै तपाईले स्ट्याटस सच्याउनुस भन्नुभयो । मैले भने साइबर क्राइम लगाउने बिषय के हो मलाई पनि थाह छ ।

उहाको बोली धम्कीकै थियो । धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनु भएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो । गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरें भन्नु नै पदको चरम दुरुपयोग हो । आतंक मच्चाए, बिरोधी सवैको मुख बन्द गराएर आफूले गरेको सवै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो । मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात एक क्वीन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन संभव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना बिमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन संभव छ गृहमन्त्रीज्यू ? बिगतमा तपाईं नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?

कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खवर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’
प्रिय नारायणकाजी कमरेड, तपाईले २०६५ सालदेखि को–कोबिरुद्ध समाचार लेखाउनु भयो ? के के काम गर्नुभयो ? भर्खरै मात्र पनि पत्रकार बोलाएरु मबाहेक प्रधानमन्त्री र अरु सवै मन्त्रीको धन्दा ठीक भएन, काम गर्ने त ममात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो । कमरेड सवै कुरा थाह छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस ।