जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार ०९:१०

सुन तस्करीमा धेरै ठुला माछा छन, हामी त भुरेभारे मात्रै हौं : कृष्णबहादुर महरा (भिडियोसहित)


काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा धेरै ठूला माछाहरु रहेको खुलासा गर्नुभएको छ ।

बिमानस्थलबाट इसिगरेटभित्र लुकाएर गरिएको ९ किलो सुन तस्करीमा नाम जोडिएका महराले सार्वजनिक रुपमा क्वीन्टल सुन तस्करीमा धेरै ठूला माछाहरु रहेको बताउनु भएको हो । ‘सुन तस्करीमा धेरै ठुला माछा छन, समयक्रममा सबै बाहिर आउँछ, हामी त फगत पात्र मात्रै हौं, हामी त भुरे भारे हौं,’ महराले भन्नुभएको छ ।

आफू र छोरामाथि सुन तस्करीमा आरोप लागेको र संलग्नता देखिएको बेला महरा आफैले आफूहरु भुरेभारे माछा भनेर आरोप स्वीकार गर्नुभएको छ । उहाँले आफूहरुभन्दा धेरै ठूला माछा भनेर कस्लाई भन्नुभएको हो, त्यो भने खुलिसकेको छैन ।

सुन तस्करी गरेको सार्बजनिक रूपमा नै स्विकार गर्ने महरासँग सरकारले अहिलेसम्म सोधपुछ गरेको छैन । महराको यो भनाईले तस्करीको सञ्जाल राज्य संरक्षित नै रहेको भने प्रष्ट पारेको छ ।