जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १५:०४

मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा


जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । विनाविभागीय जिम्मेवारीमा रहनुभएको जनमतबाट मन्त्री बन्नुभएको दुईजनाले सोमबार पदबाट राजीनामा दिनुभएको हो ।

पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले उहाँहरूको जिम्मेवारी खोसेर भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विनाविभागीय बन्नुभएके थियो ।