जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार ११:५२

बिजय गच्छदारलगायत यी तीन पूर्वमन्त्री पक्राउ गर्न अदालतको अनुमती


काठमाडौं, २२ साउन । ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाइ पक्राउ गर्नका लागि आइतबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथि अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति दिएको हो ।