काठमाडौं, साउन २२ । संसद गतिरोध अन्त्यका लागि सभामुखसहित मुख्य तीन दलका शीर्ष नेता बसेको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बसेको बैठक बिनानिश्कर्ष टुंगिएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताउनु भयो । उहाँका अनुसार आज नै पुनः बैठक बस्नेगरी सकिएको छ ।
शीर्ष नेताबीच सहमति नजुटेको कारण आज १ बजेका लागि बोलाइएको संसद बैठक ४ बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ। छानबिन समिति नबनेसम्म संसद चल्न नदिने एमालेको अडान छ। सरकार सुन तस्करीमा छानविन समिति बनाउन चाहिरहेको छैन ।













प्रतिक्रिया दिनुहोस्