काठमाडौं, साउन २७ । मानिस पदमा पुगेपछि कतिसम्म होस गुमाएर तानाशाही बन्न सक्छ भन्ने गतिलो उदहारण बन्नुभएको छ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह (बालेन) । बालेनले सत्ता उन्माद र होस गुमाउँदा साउन २५ गते संघीय राजधानी रहेको काठमाडौं जिल्लाकै दुई पालिकाका कामठाडौं महानगर र बुढानिलकण्ठ नगरपालिकाका स्थानीयबीच झण्डै युद्धको अवस्था आयो ।
मेयर बालेनको आदेशमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर बुढानिलकण्ठ नगरपालिकाको क्षेत्रमा डोजर चलाएर बितण्डा मच्चाउन थालेपछि स्थानीय प्रतिवादमै उत्रनु परेको दृष्य सवैतिर छाइसकेको छ । जहाँ महानगरका नगर प्रहरी प्रमुखबाट बालेन जसरी नै चुनाव जितेका प्रमुखदेखि वडाध्यक्षसम्मलाई दुब्र्यवहार गरियो ।
सत्यलाई ढाकछोप गरेर भाइरल बन्ने अहिलेको चलनमा न्यायका लागि भिख मागिरहेका महानगरभन्दा निकै सानो क्षेत्रफल रहेको बुढानिलकण्ठका मेयर, उपमेयरदेखि वडाध्यक्ष र वडासदस्यसम्म प्रताडित हुनुपरेको छ । साउन २५ गते दुई पालिकाको सीमा क्षेत्र कपनको साततलेमा भएको घटना के हो त ? यस बिषयमा जनताटाइम्स डटकमका प्रतिनिधिले बुढानिलकण्ठका मेयर मिठाराम अधिकारीसँग प्रश्न राख्दा उहाँका आँखा एकाएक रसाए । उहाँका अनुहारमा एकाएक आक्रोश पनि देखियो ।
बिस्तारै कुरा खोतल्दै भन्नुभयो, ‘हेपाइको पनि सीमा हुन्छ नि ! बुढानिलकण्ठ नगरपालिकाको अस्तित्व नै अस्वीकार गरियो, हामीलाई महानगरपालिका मातहतको जस्तो ब्यवहार गरियो, अर्काे पालिकाका जनतालाई दुःख दिने र आतंकित पारेर वाहवाही लिने निकृष्ट कार्यभयो ।’ अधिकारीले महानगरले बुनपाको अस्तित्व स्वीकार नगरेपछि आफूहरु अस्तित्व रक्षाका लागि न्यायको भीख माग्दै हिडनु परेको पीडा पनि सुनाउनु भयो ।
कस्तो अन्यायी काम ? लामो समयदेखि सीमा बिवाद रहेको क्षेत्रमा खहरे खोल्ने नाममा आफ्नो पालिकामा बाटो बनाउने अनि हाम्रो पालिकामा चाँहि ढल लगेर जनतालाई नाकावन्दी गर्ने ? अनि मैले जे गरें, त्यही ठीक भन्दै शक्ति छ भनेर नगर प्रहरी पठाएर हाम्रो पालिकाको जनप्रतिनिधि र जनतालाई ठोक्ने ? यो त सारै ज्याद्धतीपूर्ण काम भयो,’ अधिकारीले भन्नुभयो ।
बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा पनि यही कुरा दोहोर्याउनु हुन्छ । ‘काठमाडौं महानगरपालिकाल बुनपामा हस्तक्षेप गर्न पाउँदैन, हस्तक्षेप गरेको त्यो घटनाप्रति माफी माग्नुपर्छ,’ उपप्रमुख लामाले भन्नुभयो । लामो समयदेखि महानगरको सीमा बिवाद रहेको बुढानिलकण्ठ नगरपालिकालाई कुनै जानकारी नै नदिई एकाएक जोडर पठाएर दादागिरी देखाएपछि कपनको सात तलेमा झण्डै युद्धभूीमी बन्नुपर्यो ।
अर्काे पालिकासँग सीमा बिवाद रहेको क्षेत्रमा बालेनले डोजर पठाएपछि आफ्नो पालिकाको अस्तित्व रक्षाका खातिर मेयर मिठाराम अधिकारीदेखि वडाध्यक्षहरु जनताको अगुवा बनेर मैदानमै प्रतिवादमा उत्रनु पर्यो । यही साउन २५ गते भएको कपनको साततलेको घटनापछि बुढानिलकण्ठ नगरपालिकामा पर्ने कपनका बासिन्दा नराम्रोसँग झस्किएका छन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको साथ र सहयोगमा बालेनले आफ्नो पालिकामा डोजर पठाएको बुझाइ कपनका स्थानीय बताउँछन । स्वयं मेयर मिठाराम र वडाध्यक्ष नवराज भट्टराई पनि यही कुरा दोहोर्याउनु हुन्छ ।
‘म वडाध्यक्ष हुँ तर मलाई कुनै जानकारी नदिए एकाएक अर्काे पालिकाको डोजर चलाउन थालेपछि जनताको आवाज उठाउनै पर्छ, मैले त्यही काम गरें,’ बुढानिलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नवराज भट्टराई भन्नुहुन्छ । उहाँका अनुसार कांग्रेस महामन्त्री गगन थापा यस प्रकरणमा दोहोरो भूमिकामा देखिनुभएको छ । बालेनलाई पनि साथ छ भन्ने तर आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई ढाँटने काम गरेको वडाध्यक्ष भट्टराईले बताउनु भयो ।
काठमाडौं महानगर र बुनपाबीच धोबीखोलादेखि फैकासम्म सीमा रहेको छ । ती सवै खहरे पुरेर सडक बनाइएको छ । ती सवै खोल्नुपर्छ । तर महानगरले आफ्नोतिर सीमा बढाएर आफूहरुको मिच्ने काममा लागेको बुनपाका मेयर, उपमेयरदेखि वडाध्यक्षसम्मको आरोप छ ।बुढानिलकण्ठ नगरपालिकाले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा डुवानको समस्या समाधानका लागि बिशेष काम पनि अघि बढाइसकेको छ ।

काठमाडौं क्षेत्र नं ४ को बिकासमा लामो समयदेखि जुटिरहनु भएका नेता नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको पहलमा बक्स कल्भर्ट बनाउने काम अघि बढाएको छ । बुनपाको डुवानमा पर्ने क्षेत्रहरुमध्ये जहाँजहाँ बक्स कल्भर्ट बन्यो, त्यहाँ त्यहाँ डुवानको समस्या पनि समाधान भयो । यो काम अहिले पनि जारी छ । तर महानगरले बिनाजानकारी डोजर पठाएर बुनपाका बासिन्दालाई नाकावन्दी गरेर आफ्नोतिर सडक बिस्तार गर्ने षडयन्त्र गरेको बुनपा प्रमुख अधिकारीको भनाई छ । उहाँका अनुसार सुरुमा साततलेबाटै बक्स कल्भर्ट निर्माण सुरु गर्ने योजना भएको भए पनि बिवादका कारण आनी गूम्बादेखि बक्स कल्भर्ट निर्माण सुरु गरिएको थियो ।
मेयर अधिकारीले २०५९ सालमा जनप्रतिनिधिबिहिन बनेपछि स्थानीय तह हेर्न आएका कर्मचारीले सवै खहरेलाई नक्साबाट हटाउने काम गरिदिएको गुनासो पनि गर्नुभयो । ‘२०२१ को नापीमा नक्सामा खहरे देखिन्छ अहिलेको हालसाविकमा खहरे नै गायव छ, यो सवै काम २०५९ पछि भएको छ,’ अधिकारीको भनाई छ । कर्मचारीको बदमासी गरी खहरेले चर्चेको क्षेत्रमा घर बनाउन अनुमति दिने काम भएको पनि अधिकारीले बताउनु भयो ।
उहाँले काठमाडौंका मेयर बालेनले सफेद झुट बोल्ने काम गरेको तथ्यसमेत खोल्नुभयो । आफूलाई कुनै जानकारी नदिई बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भने सहमतिमा डोजर पठाएको भनेर झुट बोलेको बताउनु भयो ।
बुनपा वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, ११ का वडाध्यक्ष राजु अधिकारी र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई पनि महानगरको यस प्रकारको ज्याद्धती देख्नुपरेकोमा निकै दुखी हुनुहुन्छ । यस्तो ज्याद्धती गर्ने त कल्पनामा पनि सोचिएको थिएन, तर भयो,’ उहाँहरुको गुनासो छ ।













प्रतिक्रिया दिनुहोस्