जनता टाइम्स

२७ श्रावण २०८०, शनिबार १८:३९

पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


पाँचथर, २७ साउन । पाँचथरको फिदिम नगरपालिका११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका–१ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटरका चालक उहँका श्रीमान् होमकर्ण कार्की गम्भीर घाइते हुनुहुन्छ ।

हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाङ्गिनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।