कञ्चनपुर, साउन २९ । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ । आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । आइतबार रातिदेखि नै बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्