काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी र सरकारबिरुद्ध नबोल्न सांसदहरुलाई चेतावनी दिनुभएको छ ।
गत शुक्रबारदेखि जारी संसदीय दलको बैठकमा सभापति देउवाले सोमबार यस्तो चेतावनी दिनुभएको हो । सरकारको आलोचना गर्दा अनुशासनको सीमा नबिर्सन भन्दै देउवाले सुन तस्करी र सरकारबिरुद्ध नबोल्न चेतावनी दिनुभयो ।
उहाँले जनताका मुद्दा र राष्ट्रिय मुद्दामा कसैले बोल्न नरोक्ने भन्दै आफ्नो आलोचना गर्ने छुट पनि सांसदहरूलाई भएको तर सरकार र सुन तस्करीको बारेमा बोल्ने छुट नभएको धम्की दिएको एक सांसदले बताए ।
‘राष्ट्रिय मुद्दा, जनताका सवालमा बोल्नुस, आलोचना गर्नुस, तर, अनुशासनमा बसेर बोल्नुपर्छ । आधारभूत मूल्य मान्यतामा बोल्नुहोस,’ ती सांसदका अनुसार बैठकमा देउवाको चेतावनी थियो । देउवाले सांसदहरुले स्वतन्त्रताको दुरुपयोग गरेको भन्दै अव त्यस्तो छुट नभएको घोषणासमेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्