जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार २१:३५

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै धनुषामा राँके जुलुस


काठमाडौं, २९ साउन ।  राष्ट्रिय युवा संघ नेपाल धनुषाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुस निकालेको छ ।सोमबार साँझ जिल्ला अध्यक्ष रोशन यादवको अध्यक्षतामा निस्केको जुलुस भानुचौकबाट सुरु भएर शिव चौकमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शन प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेर समापन भएको थियो । सो क्रममा सरकारले अबिलम्ब छानबिन आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी संघले दिएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।