कैलाली, साउन ३० । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला संघ अनेमसंघ) कैलालीको अध्यक्षमा लक्ष्मी केसी निर्वाचित हुनुभएको छ ।
अध्यक्ष बाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्विरोध हुँदा अध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्षमा ममता रावल र लक्ष्मी केसी उम्मेदवार बन्दा रावललाई २८ मतले पछि पार्दै केसी निर्वाचित हुनुभएको हो । रावलले ४९ मत पाउँदा केसीले ७७ मत पाउनु भयो ।
यस्तै उपाध्यक्षमा सरिता रावल थापा, नामसरा देवी नेपाली, सचिवमा निर्मला सञ्जाल, सह सचिवमा विना देवी चौधरी, कोषाध्यक्षमा तनु भण्डारी लिम्बु सर्वसम्मत चयन हुनुभएको थियो ।















प्रतिक्रिया दिनुहोस्