रुपन्देही, साउन ३१ । नेपाली कांग्रेसको आन्तरिक सुदृढीकरण अभियान चलिरहेको बेला संस्थापन र इतर समूहका नेताहरूबीच मञ्चमै हात हालाहाल भएको छ ।
कांग्रेस संस्थापन समूहका नेता भरतकुमार शाह आफ्नै निर्वाचन क्षेत्रमा अर्का नेता फकरूद्दिन खानसँगै बाझेपछि मञ्चमै हात हालाहाल भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता शाह गत आइतवार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आन्तरिक विशेष अभियान अन्तरगत आयोजित कार्यक्रममा उहाँमाथि हातपातको अवस्था श्रृजना भएको हो ।
शाहले बोल्ने क्रममा मञ्चमा सँगै रहेका कांग्रेसका महासमिति सदस्य फकरुद्दिन खानप्रति लक्षित गर्दै तपाई जस्ता मान्छे कांग्रेसमा धेरै आए भनेपछि खानले हजुरले भन्न खोजेको के हो भनेर उठेर प्रतिवाद गर्नुभएको थियो । केही महिनाअघि सम्म खान संस्थपन समूहमा रहेपनि अहिले इतर समूहमा लाग्नुभएको छ ।

कार्यक्रममा सहभागीहरुका शाहले खानप्रति लक्षित गर्दै ‘नेपाली कांग्रेस बुझ्न समय लाग्छ, नेपाली कांग्रेस त्यतिकै बुझिदैन् तपाई जस्ता मान्छे धेरै आई सके मसिना बावा हुनु हुन्थ्यो जोतेन्द्र मोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनु हुन्थ्यो उनीहरु कहाँ गए ? राम नारायण यादव यहि हुनुहुन्छ उहाँ पनि त २०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ’ भनेपछि खान उठेर शाहलाई थर्काउनु भएको र त्यसपछि हात हालाहाल भएको हो ।













प्रतिक्रिया दिनुहोस्