काठमाडौं, साउन ३२ । नेकपा एमालेले पार्टी कमिटीदेखि सवै जनसंगठनहरुलाई सार्वजनिक कार्यक्रममा पाँच बुँदे मापदण्ड बनाएको छ ।
कार्यक्रमको सुरुदेखि अन्त्यसम्म आसन ग्रहण र गराउने र कार्यक्रम भडकिलो बनाउने परम्पराको अन्त्य गर्दै एमालेले नयाँ थालनी गरेको हो ।
एमाले उपमहासचिव बिष्णु रिमालले दिनुभएको जानकारी अनुसार भर्खरै सम्पन्न सचिवालय बैठकले सार्वजनिकक कार्यक्रमसम्बन्धी ५ बुँदे बिशेष निर्णय गरेको छ । सो निर्णय अपानिमार्फत पठाइने रिमालले बताउनु भयो ।
रिमालका अनुसार बैठकले मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय बैठकले गरको हो ।
यी हुन ५ निर्णय
१. कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने ।
२. मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।
३. अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने ।
४. कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उदघोषण गरिरहेन परम्परा अन्त्य गर्ने ।
५. कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।













प्रतिक्रिया दिनुहोस्