काठमाडौं, साउन ३२ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले नेता खिमलाल भट्टराईसँग लामो छलफल गर्नुभएको छ ।
अनेरास्वबियुमा रहँदा आफ्नो नेतासमेत रहनुभएका भट्टराईलाई झाँक्रीले बिहीवार भेट गरी लामो छलफल गर्नुभएको हो । झाक्री नेकपा एकीकृत समाजवादी भन्ने पार्टी अब चल्दैन भन्ने निश्कर्षमा पुगेपछिको यो भेटबार्तालाइृ अर्थपूर्ण रुपमा हेरिएको छ ।
झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेख्नुभएका छ, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ ।’
झाँक्री सचिव भए पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन । अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेको कारण उहाँलाई सो पार्टीले जिम्मेवारीबिहीन बनाएको हो ।













प्रतिक्रिया दिनुहोस्