जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १९:५०

सरकार तस्करी र दलाल नोकरशाहीतन्त्रलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रितः महासचिव पोखरेल


काठमाडौं, ३२ साउन नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको बामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपालले विगारेको आरोप लगाउनु भएको आज एमाले मुख्यालयमा ललितपुर जिल्लाबाट माओवादीमा आवद्धकार्यकर्ताहरु एमाले प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो  

माओवादीबाट होस अथवा एकीकृत समाजवादीबाटएमालेमा आउनेहरुको सन्दर्भमा होस हामी कसैलाई अपमान गर्दैनौँ,’ पोखरेलले भन्नुभयो, ‘नेपालको बामपन्थी आन्दोलन विगारेकोनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हो, कार्यकर्ताले होइन हामीले त्योकुरा बुुझेका छौँ प्रचण्ड माधव नेपालका कारण वामपन्थी आन्दोलनलाई ठूलो क्षति पुगेको

पोखरेलले मुलुकमा देखिएका समस्या चुनौतीलाई सामना गरेर सुखी समृद्ध नेपाल बनाउनुपर्छ भन्ने मान्यताका आधारमा नेकपा(एमाले) अघि बढेको बताउनुभयो   बहुदलीय व्यवस्थाको स्थापनाको ३५ वर्षमा हामीले २८ जना प्रधानमन्त्री हेरिसकेका छौँ एउटाप्रधानमन्त्रीले औसतमा महिना पनि काम गर्न पाएको छैनन्,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा मुलुकको विकास समृद्धिको अपेक्षागर्न सकिदैँन

उहाँले पछिल्लो समय हाम्रो समाजमा सामाजिक अराजकताको स्थिति उत्पन्न भएको भन्दै त्यसले राज्य संरचनालाई कमजोरबनाएको नेपाली समाजलाई अगाडि बढ्नबाट बाटो छेकेको स्मरण गराउनुभयो

यस्तो अवस्थामा हाम्रो पार्टीको मान्यता केहो भने अब नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलहरुकोआवश्यकता त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल आवश्यक भनेको हो,’ पोखरेललेभन्नुभयो, ‘हामीले दुनियाँको विकसित मुलुक हेरेका छौँ त्यहाँ दलहरु थोरै मात्रै हुन्छन् हामीले अमेरिकाकै उदाहरण हेर्ने हो भने पनित्यहाँ सयौँ वर्षदेखि दुई ओटा दल मात्रै प्रतिस्पर्धामा छन्   ती दुई दलले नै जनताको परिवर्तनको अपेक्षाको नेतृत्व गर्दछन् नयाँनेतृत्वको निर्माण पनि ती दलले नै गरेका हुन्छन्

संसदीय दलको जननी भन्ने बेलायतमा पनि त्यस्तै रहेको भन्दै पोखरेलले हाम्रो देशमा धेरै राजनीतिक दलका कारण बलियो सरकारबनाउन नसकेको दाबी गर्नुभयो धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो राज्यलाई कमजोर पार्ने आधार हो,’ उहाँलेभन्नुभयो, ‘त्यसकारण हामीले बुझ्नुपर्छ जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलल, जति धेरै राजनीतिक दल त्यति धेरैराजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै बैदेशिक हस्तक्षेप

अहिले हामीले भोगिरहेको पीडा त्यहि भएको उहाँकोभनाई थियो त्यसैले नेपालमा बलियो राजनीतिक दलको आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो विश्वको अनुभवलाई हेर्ने हो भनेतीन वटा कुराले मात्रै समृद्धिको यात्रा अघि बढ्न सक्छ पहिलो दूरदर्शी नेतृत्व, दोस्रो बलियो राजनीतिक दल तेस्रो राजनीतिकस्थायीत्व यी तीन कुरा भयो भने देश निर्माणको यात्रा अघि बढ्न सक्छ,’ पोखरेलले भन्नुभयो, ‘यो गर्न सक्ने पार्टी भनेको नेकपा (एमाले) मात्रै हो जस्ले यी तीन कुराको सुनिश्चितता गर्न सक्छ

अनुशासित कार्यकर्ता दूरदर्शी नेतृत्व

पोखरेलले एमालेको नेतृत्व गरिरहनु भएका अध्यक्ष केपी शर्मा ओली नेपालमा भएका राजनीतिक दलका नेताहरुको तुलनामा नेपालीसमाजलाई गहिरोसँग बुझ्न सक्ने नेता भएको उल्लेख गर्नुभयो ओलीसँग यहाँको इतिहास, संस्कृति सभ्यातालाई गहिरो ज्ञान भएकोउहाँको भनाई थियो उहाँले आफूलाई विकास समृद्धिको योजनाकारको रुपमा उभ्याउनु भएको ,’ पोखरेलले भन्नुभयो, ‘हामीसँगअनुशासित बलियो संगठन प्रणाली हामीसँग व्यवस्थित कार्यकर्ता पङ्क्ति नेपालको मौलिक सिद्धान्त जनताको बहुदलीयजनबाद हामीसँग त्यसले नेपाली समाजको रुपान्तरण गर्न सक्छ त्यसैले अब हामीले दलका नाममा जनमतलाई बाँड्ने होइन बलियो दल निर्माणको बाटोतर्फ जानुपर्ने

नेकपा माओवादी बलियो दल बन्न सक्दैन

उहाँले नेकपा माओवादी केन्द्रले पहिलो संविधानसभामा करीब ३० प्रतिशत मतसहित पहिलो दलका रुपमा आएको स्मरण गर्दै दोस्रोसंविधानसभामा पुग्दा ओरालो झरेर करीब २३ प्रतिशतको हाराहारीमा पुगेको तथ्य प्रस्तुत गर्नुभयो   त्यसपछिको निर्वाचनमा १७प्रतिशतमा गत मंसिर को निर्वाचनमा करीब ११ प्रतिशतको हाराहारीमा माओवादी झरेको भन्दै त्यो दल अब भविष्य नरहेको स्मरणगराउनुभयो अहिले त्यो दलले जुन प्रकारका गतिविधि गरिरहेको त्यसका आधारमा भन्न सकिन्छ आउँदो निर्वाचनमा त्यो दल अझकमजोर भएर जानेछ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई मुलुकको बलियो शक्तिका रुपमा स्थापित गर्ने संभावना छैन

ललितपुर कम्युनिष्टको उर्भर भूमि

पोखरेलले ललितपुर नेपालको कम्युनिष्ट आन्दोलनको निकै उर्भर भूमि भएको भन्दै त्यहाँका मतदाताले अब आफूलाई माओवादीकानाममा मत विभाजन गर्नु हुँदैन भन्नुभयो तुलसीलाल अमात्यले २०१५ सालमा विजय हाँसिल गरेको थलो हो, ललितपुर,’ उहाँलेभन्नुभयो, ‘त्यस अर्थमा त्यो जिल्लामा नेकपा (एमाले)लाई अघि बढाउने कुरामा तपाईँहरुले जुन संकल्प लिएर पार्टी प्रवेश गर्नुभएको , त्यो सही

वैधानिक अर्थतन्त्र कमजोर बनाउने योजनामा सरकार

पोखरेलले अहिलेको सरकार वैधानिक अर्थतन्त्रलाई कमजोर अवैधानिक अर्थतन्त्रलाई बलियो बनाउने तस्करीतन्त्र दलालनोकरशाहीतन्त्रलाई प्रोत्साहन

गर्ने जस्ता गतिविधिमा अघि बढेको आरोप लगाउनुभयो त्यसले माओवादी जनताको सरकार होइन दलाल नोकरशाहीहरुको हिमायतीबनेको ,’ उहाँले भन्नुभयो, ‘हामीले देश जनताको पक्षमा काम गर्ने हो   युवा साथीहरुको राष्ट्र निर्माणमा तपाईँहरुको भूमिकामहत्वपूर्ण हामी परसम्मको यात्रा अर्थात उज्ज्यालो भविष्य वोकेर अघि बढेका छौं हामी शिसन ८४ को अभियानसहित बहुमतकोसरकार बनाउने योजना सहित अघि बढेका छौँ

पार्टी प्रवेश कार्यक्रममा वाइसीएल ललितपुर महानगरका अध्यक्ष सुजिन महर्जनसहित करीब ७० जनाले एमाले प्रवेश गरेका थिए