जनता टाइम्स

२ भाद्र २०८०, शनिबार १५:०३

सशस्त्रका एसपी थपलियाको निधन, साइकलिङ गरेर कार्यालय पुगेलगत्तै गयो प्राण


काठमाडौं, भदौ २ । पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

शनिबार एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो। थपलियाको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

थपलिया शनिबार बिहान ११ः०५ मा साइकलिङ गरेर कार्यालयमा पुग्नुभएको थियो । कार्यालयमा पुगेपछि थपलिया १५ मिनेट बेहोस हुनुभएको थियो । त्यसपछि उहाँको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।