काठमाडौं, ७ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक संजाल ट्वीटरमार्फत दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली एवम् मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
‘आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनामा अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, उहाँले लेख्नुभएको छ ।, ‘उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।’ त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
काठमाडौंबाट बेनी हिँडेको प्रदेश ०३(०१(००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी–२ चालिसेस्थित त्रिशुलीमा खसेको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।













प्रतिक्रिया दिनुहोस्