काठमाडौं, भदौ ७ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले गौरा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ । गौरा पर्वको अवसरमा आज शुुभकामना सन्देश जारी गर्दै भण्डारीले यस्तो बताउनु भएको हो ।
‘गौरा पर्व जस्ता मौलिक चाडहरूले विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीहरूको बिचमाआपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान गर्दछ भन्ने मलाई लागेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
उहाँले यस पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुने प्रेरणा मिलोस भन्ने कामना पनि गर्नुभएको छ । ‘यस पर्वले हामी सबैलाई समाजमा विद्यमान अन्धविश्वास‚ सबै प्रकारका विभेद तथा विसंगतिहरूलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’ भण्डारीले भन्नुभएको छ ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा आराधना गरी व्रत बस्नाले ईष्ट र कुलदेवता प्रसन्न भई पारिवारिक सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना पनि ब्यक्ति गर्नुभएको छ ।
‘गौरा पर्व जस्ता मौलिक चाडहरूले विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीहरूको बिचमाआपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान गर्दछ भन्ने मलाई लागेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।
शुभकामना सन्देशको पूर्णपाठ
नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा गौरा (पार्वती) र महादेव (शिव)को पूजा आराधना गरी व्रत बस्नाले ईष्ट र कुलदेवता प्रसन्न भई पारिवारिक सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
गौरा पर्व जस्ता मौलिक चाडहरूले विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीहरूको बिचमाआपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउनयोगदान गर्दछ भन्ने मलाई लागेको छ ।
यस पर्वले हामी सबैलाई समाजमा विद्यमान अन्धविश्वास‚ सबै प्रकारका विभेद तथा विसंगतिहरूलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।













प्रतिक्रिया दिनुहोस्